बूनपा १० को ‘घर घरमा स्वास्थ्य सेवा’ अभियान समापन



२८ जेठ २०७५, काठमाडौँ

बूढानिलकण्ठ नगरपालिका वडा नं.१० को आयोजनामा भएको ‘घर घरमा स्वास्थ्य सेवा’ भन्ने उद्देश्यका साथ शुरु भएको एक महिने ‘स्वस्थ जागरण अभियान’ समापन भएको छ ।

कार्यक्रममा काठमाडौं क्षेत्र नं. ४ (ख) का सांसद कुसुम कुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्कीले ‘घर घरमा स्वास्थ्य सेवा’ अभियानले स्थानीयवासीमा, कम्तिमा वेला वेलामा अस्पताल जानुपर्ने र समयमै रोग पत्ता लगाएर उपचार गर्नुपर्दछ भन्ने जानकारी पाएको धारणा व्यक्त गरेका थिए ।

जेठ महिनाभरी संचालन भएको निःशुल्क स्वास्थ्य जाँच कार्यक्रममा २,००० भन्दा बढिले स्वास्थ्य सेवा लिएका थिए । स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिनुका साथै १०० भन्दा बढी स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रदान गरेको कार्यक्रमका अध्यक्ष सर्मिला घिमिरेले जानकारी गराईन् ।

स्वस्थ जागरण अभियानमा निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै वरिष्ठ चिकित्सकद्धारा आँखा, दाँत, सुगर, प्रेसर र पिसाव परिक्षण गरिएको थियो ।  कार्यक्रममा ज्येष्ठ नागरिक तथा बालबालिकाहरुलाई विशेष प्राथमिकता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्