
२७ जेठ २०७५, काठमाडौँ
बूढानिलकण्ठ वडा नं. ९ को सार्वजनिक सुनुवाई तथा वडा भेला एशियन पार्टी प्यालेसमा शनिबार सम्पन्न भएको छ ।

परराष्ट्रविद् डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक सुनुवाई तथा वडा भेला कार्यक्रममा सभाध्यक्षता बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का वडाध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले गरेका थिए ।
डा.भट्टराईले तीन वर्षभित्र वडावासीले पानी सहितको धारा पाउने प्रतिबद्धता व्यक्त गरेका थिए । बाटो, ढल लगायतका समस्याहरुको समाधान समेत छिट्टै हुने जनाए ।

मुख्य अतिथि नगर प्रमुख उद्वव खरेलले निर्वाचित प्रतिनिधिहरुलाई कसरी, केका लागि, के काम गर्ने भन्ने विषयमा समस्या परेको बताएका थिए । सानो सडक र धेरै जनसंख्या भएकाले यस क्षेत्रको मुख्य समस्या सडकबाटो रहेकोले समस्या समाधानका लागि नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने र सुकुम्वासी व्यवस्थापनमा नगर प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
नगर प्रमुख खरेल भन्छन्, विकास भनेको साझा हो, यसमा कसैलाई भेदभाव गर्न पाईदैन ।
कार्यक्रममा स्थानीयवासीले,‘सूचना पोलमा टाँसेर हैन, हामीले वडाको वेवसाईडमा हेर्न पाउँनुपर्छ’ भनेका थिए । निश्चित स्थानमा पार्किङ, ढल, सिसि टिभी, सडकबत्ति लगायतका समस्याको समाधान छिट्टै हुनुपर्नेमा स्थानीयहरुले जोड थियो ।

आव २०७४/०७५ को आय व्यय कार्यपालिका सदस्य सुमित्रा त्रिपाठी पाण्डेल प्रस्तुत गरेकी थिईन् ।






