‘फुरफुर’ले छोयो अभी सुबेदीको मन



२७ जेठ २०७५, ईटहरी

‘अभी सुबेदी’ यो नामलाई नेपाली नाट्य जगतको एउटा सम्मानजनक नामको रुपमा लिने गरिएको छ । अन्तरराष्ट्रिय नाटककारको नाम लिने हो भने नेपालको नाटक क्षेत्रलाई चिनाउने ब्यक्तीको रुपमा परिचित सुवेदीले आफ्नो जीवनकालमा धेरै नाटक लेखन निर्देशन र अभीनय गरेका छन् । नाटकका धुरन्धर मानिने त्यस्ता ब्यक्तीको मुखबाट तारीफ पाउनु धेरै भग्यको कुरा हो । तर त्यो सौभाग्य इटहरीका केहि विद्यार्थीले भने पाएका छन् । बिगत १० वर्ष देखी इटहरीमा कलाकार जन्माउने प्रयासमा रहेको कलालय इटहरीले गरेको स्कूल थिएटरको छैटो संस्करण हेर्न इटहरी आएका सुबेदीले इटहरीका कलिला विद्यार्थीको प्रयास साच्चै राम्रो भएको मत्र भनेन्  । कलिलै उमेरमा जीवन्त अभिनयको उपाधि दिएर विद्यार्थीको हौसला समेत बढाए । सुबेदीले स्कूल थिएटरमा मञ्चन गरिएको नाटक ‘फुरफुर’ हेरेपछि आफ्नो यौवनकालमा गरेका नाटकको याद ताजा वनाएको समेत भन्न भ्याए ।

इटहरीका बिभीन्न शैक्षिक संस्थामा अध्ययन गरीरहेका १५/२० जना विद्यार्थीको पहलमा हुँदै आएको स्कूल थिएटर नाटक मञ्चन कार्यक्रमले पछिल्लो समयमा शिकारु विद्यार्थीको कलामा त निखारता ल्याएको छ नै इटहरीका कला र साहित्यप्रेमीको मन समेत जित्दै गएको छ । स्कूल अध्ययन गर्दै आएका विद्यार्थी आफैले लेखन, निर्देशन र अभिनय गरेका नाटक आजभोलि इटहरीका कला प्रमीको दिमागमा बस्न थालेको छ । नाटक हेर्न पुगेकी इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले इटहरी क्षेत्रका बालबालिकामा यस्तो कला छ, भन्ने आफू ले थाहा नै नपाएको बताईन् । नाटक हेरिसकेर कुराकानि गर्दै गौतमले आफू ले यस्तो जीवन्त नाटक काठमाडौंका मण्डला र थिएटरमा मात्र देखेको बताईन् ।

यसपाली मञ्चन गरिएको नाटकलाई विद्यार्थी सुगम दुलालले निर्देशन गरेका थिए । आफू ले निर्देशन गरेको नाटकले नाटकका धुरन्धर अभी सुवेदी जस्ताको समेत मन जित्नुले आफ्नो हौसला झनै बढेको दुलालले बताए ।

लगभग १० वर्ष अगाडी पूर्व क्षेत्रबाट नाटकमा एउटा राम्रो कलाकारको समुह उत्पादन गर्ने उद्देश्यले इटहरीका सोनु जयन्तीको अध्यक्षतामा शुरु भएको कलालयका विद्यार्थीले हरेक वर्ष स्कूल थिएटरको नाममा नाटक मञ्चन गर्दै आएका छन् । ‘पूर्वमा नाटकका कलाकार नै कम छन्, फेरी नाटक सिकाउने इन्टीच्यड पनि छैनन् ।’ अध्यक्ष जयान्तीले भने ‘पुर्बबाट नै कलाकारको एउटा राम्रो टिम उत्पादन गर्ने उद्देश्यले हामीले यो शुरु गरेका हौ, प्राय सबै विद्यार्थीले निरन्तरता दिएका छन्, हामी उद्देश्यको नजिकै छौ ।’ स्कूल थिएटरको छैटौ संस्करणमा प्रहर्सन गरिएको नाटकमा हामी सानो हल्लाको पछाडी कसरी दौडिन्छौ र त्यसले हाम्रो जीवन र समाजमा कस्तो असर पार्छ भन्ने कुरालाई नाटकिय रुपमा देखाईएको थियो ।

नाटकले दर्शकबाट समेत राम्रो प्रतिक्रया पाएको छ । नाटक हेर्न पुगेका इटहरीका सञ्चारकर्मी नवराज दुलालले कलाकारको अभिनय क्षमता र कथा दुवैले आफूलाई छोएको बताए । त्यस्तै अर्का दर्शक सन्जय थारुले कलिलै उमेरमा विद्यार्थी हासिल गरेको कलालाई सबैले साथ दिएमा इटहरी क्षेत्रबाट राम्रा कलाकार राष्ट्रिय रंगमन्चमा पुग्ने कुरामा कसैको दुईमत नहुने बताए ।

नाटकमा निर्देशक सुगम दुलाल, अनुजा पौडेल, प्रज्वल दुलाल, मनोज  राई, गरीमा पाठक, बिनय कोईराला बिकास श्रेष्ठ लगायतका विद्यार्थी कलाकारको अभिनय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्