सञ्जु चलचित्रको गीतमा रणवीरसँग देखिइन् मनिषा (भिडियो सहित)



२७ जेठ २०७५

फिल्म सञ्जुको गीत ‘कर हर मैदान फतेह’  रिलिज भएको छ । उक्त गीतमा रणवीरसँग मनिषा कोइरालाको अभिनय रहेको छ । बलिउड सुपरस्टार नायक संजय दत्तको जीवनमा आधारित फिल्म सञ्जुले यतिबेला चर्चा बटुल्न सफल भएको छ । यो चलचित्रमा रणवीर कपुरले संजयको भुमिका निर्वाह गरेका छन् ।

विक्रम मोन्ट्रोसले संगीत भरेको उक्त गीतमा सुखविंदर सिंह र श्रेया घोषालले स्वर दिएका छन् । सञ्जुको सार्वजनिक ट्रेलरमा रणवीर संजय दत्तको विभिन्न अवतारमा देखिएका छन् ।

चलचिलत्रमा अनुष्का शर्मा, दीया मिर्जा, सोनम कपूर, परेश रावल, मनिषा कोइराला, बमन ईरानी र विक्की कौशलको अभिनय हेर्न पाइनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्