सार्वजनिक सुनुवाई तथा योजना छलफलका लागि बूनपा ११ को जरुरी सूचना



२७ जेठ २०७५, काठमाडौं

२०७५ जेठ २९ गते मंगलबार बूढानिलकण्ठ नगरपालिका वडा नं. ११ ले ०७४/७५ को योजनाको सार्वजनिक सुनुवाई तथा आ.व. ०७५/७६ को योजना सम्बन्धमा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।

सुचनामा वडा भित्रका राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, महिला समूह, दलित, आदिवासी, जनजाति, उत्पीडित वर्ग, पिछडिएका वर्ग, ज्येष्ठ नागरिक तथा वडावासीहरुलाई उपस्थित हुनको लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्