
२७ जेठ २०७५, काठमाडौं
‘एउटा यस्तो प्रेम कहानी’बाट नेपाली चलचित्र क्षेत्रमा नायिकाको रुपमा डेब्यू गर्न लागेकी सदाबहार नायिका करिश्मा मानन्धरकी छोरी कविताको फिगरमाथि धेरैले प्रश्न गर्ने गर्थे । मोटो जिउडाल भएकाले नायिकामा नसुहाउने भन्दै कतिले कुरा पनि काटे ।

शनिवारको एक कार्यक्रममा झुल्किएकी नव नायिका कविताको फिगरमा आएको परिवर्तनले धेरै अचम्मित बने । कार्यक्रममा बेग्लै देखिएकी उनी फ्याटबाट फिट बन्ने क्रममा छिन् । डेब्यू चलचित्र छायाँकनको सुरुवातदेखि आजसम्म आफू ११ केजी दुब्लाएको उनले बताएकी छिन् । दुब्लाएपश्चात कविताको आत्मविश्वास पनि बढेको देखिन्छ ।





