पशुपतिमा पाँच हजार विरुवा रोपिने



२७ जेठ २०७५, काठमाडौँ

विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षारोपण अभियान शुरुभएको छ । सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने बताइएको छ ।

अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शुभारम्भ गरेका थिए । अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोतसल्लो, चिलाउने, लप्सी, पारिजात लगायतका २५० वृक्षारोपण गरिएको पशुपति विकास कोषका सदस्यसचिव डा प्रवीण ढकालले जानकारी दिएका छन् ।

रोपिएका विरुवा हुर्काउन कोषले मानिस खटाउने भएको छ । एउटा विरुवा हुर्काउन रु ११ हजार ११४ खर्च लाग्ने उनले बताए । पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनले जन्मदिन, वैवाहिक वर्षगाँठ लगायत शुभ अवसरमा वृक्षरोपण गरी हुर्काउन चाहनेलाई अवसर प्रदान गर्ने कोषले निर्णय गरेको छ ।

यसै हप्ता युरेशिया रेयुकाईले ३०० विरुवा रोप्न स्वीकृति लिएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्