१०६ वर्षीया गौरीमाया सम्मानित



२६ जेठ २०७५, इटहरी

कटुवाल हातेमालो एकता समाजले आज इटहरीमा कटुवालहरूको विशेष साधारणसभाको आयोजना गर्दै समुदायमा रहेकी सवैभन्दा जेष्ठ नागरिक १०६ वर्षीया गौरीमाया कटुवाललाई दीर्घ जीवन बाँचेको भन्दै सम्मान गरेको छ ।

इटहरी उपमहानगरपालिका–२, शान्तिनगरकी गौरीमायालाई समाजले दोसल्ला ओढाई सम्मान प्रदान गर्दै सम्पूर्ण कटुवाल समुदायले आशिर्वाद समेत लिने कार्य गरेका थिए ।

सोही समारोहमा अर्का ९८ वर्षीय कर्णबहादुर कटुवाललाई पनि दोसल्ला ओढाएर सम्मान गरियो । समारोहमा कटुवाल समुदायका द्यौसीभैलो खेल्ने नाट्य कलाकारलाई प्रशंसापत्र प्रदान गरे भने आजीवन सदस्यहरूलाई सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्