
२५ जेठ २०७५, काठमाडौं
काठमाडौंमा अस्थायी बसोबास भएका नेकपा समर्थकहरुको साझा मञ्च स्याङ्जा काठमाडौं सम्पर्क मञ्चले राष्ट्रिय सभा गृहमा आँधीखोला सास्कृतिक साँझ सम्पन्न गरेको छ ।
‘कला र संस्कृतिको जगेर्णा गरौं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा राष्ट्रिय स्तरका जनवादी कलाकारहरुले विशेष प्रस्तुती दिएका थिए ।

जनवादी गायक जीवन शर्मा लगायत ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीमा विद्यार्थी नेतादेखि नेकपा केन्द्रिय कमिटिका सदस्यहरुको समेत बाक्लो उपस्थिति थियो ।





