
२५ जेठ २०७५, काठमाडौँ
नेकपा एमाले र एकीकृत माओवादी केन्द्रबिच एकता भएको लामो समयपछि निर्वाचन आयोगबाट आधिकारिकता पाएका छन् । दुवै पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा १६५ नम्बरमा दर्ता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको चुनाव चिन्ह सूर्य र दलको झण्डामा हसियाँ हथौडा अंकित रहेको छ । निर्वाचन आयोगबाट नेकपाका महासचिव विष्णु पौडेलले दल दर्ता प्रमाण–पत्र बुझेका छन् ।








