अन्तराष्ट्रिय उडानका लागि पोखरा विमानस्थल अयोग्य



२५ जेठ २०७५, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले निर्माणाधिन पोखरा अन्तरराष्ट्रिय विमानस्थल अन्तरराष्ट्रिय उडानका लागि अयोग्य देखाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको सरकारी विज्ञ टोलीले अन्तराष्ट्रिय उडानका लागि विमानस्थल योग्य नरहेको प्रतिवेदन तयार पारेका छन् ।

पूर्वसचिव विरेन्द्र बहादुर देउजाले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि योग्य नभएको प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्