विश्वको सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा विराट



२५ जेठ २०७५, काठमाडौँ

अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको रिपोर्ट अनुसार भारतीय क्रिकेट कप्तान विराट कोहली विश्वको सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा परेका छन् । उनले यो बर्ष २ करोड ४० लाख अमेरिकी डलर कमाउँदै आफूलाई ८३ औं स्थानमा पारेका छन् ।

धेरै कमाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा अमेरिकी बक्सर फ्लोइड मेवेदर छन् भने दोस्रो स्थानमा मेसी र तेस्रोमा रोनाल्डो रहेका छन् । फोर्ब्सका अनुसार कोहलीको कमाई क्रिकेटमा भन्दा बाहिर बढी देखिएको छ । उनी पुमा, पेप्सी, पेप्सी, ओडी र ओकलेजस्ता ठूला कम्पनीका ब्रान्ड एम्बेस्डर हुन्।

यो वर्ष फोर्ब्स सूचीमा भारतका तर्फबाट कोहलीको मात्र नाम परेको छ ।

प्रतिक्रिया दिनुहोस्