हराएको १९ औँ दिनपछि मोटरसाइकल भेट्दा खुशी



२५ जेठ २०७५, पोखरा

फलेवास गाउँपालिका– १ घर भई हाल पृथ्वीचोक बस्दै आएका शेषकान्त शर्माको मोटरसाइकल १९ दिन पछि भेटिदा  जाज निकै खुसि भएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका –२५ हेमजा मिलनचोकमा बेवारिसे अवस्थामा पार्किङ गरेको ग १३ प ७१५६ नं को १८० सिसीको पल्सर मोटरसाइकल वडा प्रहरी कार्यालय बगरको टोलीले फेला पारेको प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

फेला परेको मोटरसाइकल प्रहरीले आज मोटरसाइकलका धनीलाई बुझाएको हो ।

उन्नाइस दिनअघि पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीलाई खाना खुवाएर फर्कंदा आधा घण्टाको समयावधिमा पार्किङ स्थलबाटै मोटरसाइकल हराएको थियो ।

केही दिनअघि पनि पोखरा– २५ मा नै बगर प्रहरीले फेला पारेको ग १४ प ५५६५ नं को पल्सर मोटरसाइकल सवारी धनी सञ्जोग थापा मगरलाई बुझाइएको प्रहरी नायब निरीक्षक नरेन्द्रजङ्ग कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्