सहमतिमै नियमावली पारित गरिने



२५ जेठ २०७५, काठमाडौँ

‘प्रतिनिधिसभा नियमावली, २०७५’ को मस्यौदा प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच खासगरी संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा मतैक्यता नभएपछि नियमावलीको विषय लामो समयदेखि अघि बढ्न सकेको थिएन ।

लामो छलफल पछि दुवै पक्षको सहमतिमा नियमावलीलाई अघि बढाउन सहमति भएको छ ।

मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले मस्यौदा प्रतिवेदन माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रतिनिधिसभा आजको बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्