भदौं १५ मा ‘चङ्गाचेट’ आउने



२५ जेठ २०७५, काठमाडौँ

दीपेन्द्र के खनालद्वारा निर्देशित नेपाली चलचित्र ‘चङ्गाचेट’ यहि आउँदो भदौं १५ गते प्रदर्शनमा आउने पक्का भएको छ ।

वर्षकै बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘चङ्गाचेट’मा  प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा ,रविन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त मुख्य भूमिकामा रहेका छन् । केही समयअघि नक्कली नोट प्रकरणमा पक्राउ गरी प्रहरी हिरासतमा राखिएका माधव वाग्ले यस चलचित्रका निर्माता हुन् ।

प्रर्दशन अगाडि निकै चर्चामा रहेको ‘चङ्गाचेट’ ले नेपाली दर्शकको मन कतिको जित्ने हो त्यो भदौं १५ मा थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्