‘माइ फुटबल डायरी’ विश्वकप बिशेष पुस्तक बजारमा



२५ जेठ २०७५, काठमाडौं

विश्वकप आउन केहि दिन बाँकी रहंदा नेपालको खेलकुद क्षेत्रमा सक्रिय रहेका सुबाष न्यौपानेले फुटवल सम्बन्धि पुस्तक बजारमा ल्याएका छन्।  माइ फुटबल डायरी विश्व कप बिशेष नाम रहेको उक्त पुस्तकको  हिजो बिहान त्रिभुवन विश्व विद्यालयको स्पोर्ट्स क्लबमा बिमोचन भएको छ ।

उक्त पुस्तक बिमोचन समारोहको प्रमुख अतिथि सेन्ट्रल डिपार्टमेन्ट अफ एजुकेशन त्रिभुवन विश्व बिद्यालयका प्रोफेसर डा. बिदुर प्रसाद फुयाल ले उक्त पुस्तक बिमोचन गरेका हुन्। कार्यक्रममा स्पोर्ट्स साइन्स एकेडेमी अफ नेपालका पुर्व निर्देशक डा. प्रकाश प्रधान, त्रिभुवन विश्व बिद्यालय का फ्याकल्टी अफ स्पोर्ट्स साइन्सका कोर्डिनेटर गंगा बहादुर मगर, स्पोर्ट्स साइन्स एकेडेमी नेपाल (SAN)का डिरेक्टर नबिन उप्रेती, SAN का एड्मिनिस्टे्सन् हेड अनन्त खनाल NSCका पुर्व चिफ कोच दिपक राज शाही लगायत बिद्यार्थी र पुस्तक प्रेमीहरुको उपस्तिथी रहेको थियो। कार्यक्रमको सभाध्यक्षता पुस्तक लेखक सुवास न्यौपानेले गरेका थिए भने कार्यक्रम संचालन बिकाश घजुले गरेका थिए।

कार्यक्रममा बोल्ने बक्ताहरुले शुभकामना दिदै पुस्तकको बारेमा बोलेका थिए।

कार्यक्रममा बोल्दै पुस्तकका लेखक सुवास न्यौपानेले पुस्तक लेख्न हौसला प्रदान गर्ने सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आफ्नो पहिलो प्रयास रहेको र आगामी दिनमा उनले अन्य पुस्तक बजारमा ल्याउने तयारी गरेको समेत बताए।

उनले गिनिज बुक वोर्ल्ड रेकर्डमा नाम लेखाउनको लागि तयारी समेत गरिरहेको जानकारी दिएका थिए उक्त पुस्तकको सम्पादन कपन अनलाइनका प्रधान सम्पादक पुन्यराज पुडासैनीले  गरेका छन् भने यो पुस्तक  कृपा प्रिन्ट बाट प्रिन्ट गरिएको छ ।

उक्त पुस्तकको बजार मूल्य १७५ रुपैया रहेको छ । पुस्तकलाइ कपन अनलाइन मिडिया प्रालि, ज्ञानुदय स्कुल,जिल्ला खेलकुद विकास समिति काठमाडौं र  राष्ट्रिय खेलकुद परिषद लगायतले सहयोग गरेको लेखक न्यौपानेले  बताएका छन् ।

विश्व कप सम्बन्धि पुस्तक बजारमा कम रहेको भेटेपछि आफुलाई सो समबन्धि पुस्तक निकाल्न इच्छा लागेको बताउदै उक्त पुस्तकबाट हाल सम्म भएका विश्वकप सम्बन्धि रोचक जानकारी पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्