
२४ जेठ २०७५, काठमाडौँ
चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेको पहिलो गित ट्यूवमा सार्वजनिक भए लगत्तै उनी क्रिकेटरसँगै अब गायक पनि बनेका छन् । आफ्नै कम्पोजिसन रहेको ‘उदास थियो मेरो मन’ बोलको गीत सन्दीपले आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट रिलिज गरेका हुन् ।
क्रिकेटपछि आफ्नो दोस्रो सौख संगीत रहेको जनाउँदै सन्दीपले फेसबुकमा लेखेका छन्, ‘संगीत मेरो प्रेरणाको स्रोत रहिआएको छ । मैदान भित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ ।
सन्दीपको रोमान्टिक र मेलोडियस गीतमा विनोद तिमिल्सिनाको शब्द रहेको छ ।





