
२४ जेठ २०७५, काठमाडौं
नेपालका सुपरस्टार अनमोल केसीले फेसबुकमा टिकट टु बलिउड भनेर पोष्ट गरेपछि फ्यानहरुलाई उत्साहित बनाएको छ ।
भारतीय पत्रिका हमरा महानगरले, ‘नेपाली सुपरस्टार अनमोल केसीके बलिउडमे इन्ट्रि, अनमोल केसी जल्दी बलिउडमे इन्ट्रि लेने जा रहिहे’ भनी समाचार छापेको छ । उक्त पत्रिकाको लेखलाई अनमोलले सेयर गर्दै टिकट टु बलिउड भनेर सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका थिए । वर्ल्डवाइड रेकर्डस् कम्पनीले निर्माण गर्न लागेको चलचित्रमा अनमोलले साइन गरेका हुन् ।
अनमोलले ब्याचलर बन्टी र ए मेरो हजुर ३ भन्दा अगाडि नै सो फिल्ममा साइन गरिसकेका थिए । अहिले यस चलचित्रको लागि भारतीय नायिकाको खोजी गरिरहेको निर्माण पक्षले बताएको छ भने चलचित्रको निर्देशन भुवन केसीले गर्ने भएका छन् । यस चलचित्रलाई नेपाली र हिन्दी दुबै भाषामा डब गरी अंग्रजीमा सब टाइटल राखिने निर्माण पक्षले जानकारी गराए ।





