विश्वकपमा नदेखिने भए यी ५ चर्चित खेलाडी



२३ जेठ २०७५, काठमाडौं

सबै खेलाडीको लक्ष्य भनेकै विश्वकप हो । विश्वकप सबैको ध्यानाकर्षण गराउने चर्चित खेल भएकाले पनि खेलाडीले यसको लागि सक्दो मेहनत गरेका हुन्छन् । खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेमा विश्वकपबाट नै उनीहरुको व्यवसायीक खेलको ढोका खुल्ने गर्छ । विश्व कै उत्कृष्ट टिम मध्येको नेदरल्याण्ड, चिली, वेल्स र इटली विश्वकपमा छनोट हुन नसकेपछि उनीहरुले घरमै बसेर विश्वकप हेर्नुपर्ने भएको छ ।

ग्यारेथ बेल
रियल म्याड्रिडका फरवाड ग्यारेथ बेलले वेल्सलाई सन् २०१६ को युरोकपको सेमिफाइनलसम्म पुर्याएका थिए । तर उनले विश्वकप छनोटमा आफ्नो टिम वेल्सलाई पुर्याउन सकेनन् । तसर्थ रसियामा हुने विश्वकप बेलले खेल्न नपाउने भएका छन् ।

जान ओबलक
विश्वकै महंगा गोलकिपर स्लोभानियाका जान ओबालक एथ्लेटिक म्याड्रिडका गोलकिपर हुन् । तर उनले स्लोभानियालाई विश्वकपको फाइनल चरणमा भने पुर्याउन सकेनन् ।

नेबी केइटा
मिड फिल्डर पोजिसनबाट खेल खेल्ने केइटालाई लिभरपुरले स्थानान्तरण गर्दा ६ अर्ब ९६ करोड रुपैया तिरेको थियो । यस्ता उत्कृष्ट खेलाडीले आफ्नो राष्ट्रिय टिम ग्युनियालाई विश्वकपको छनोटमा पुर्याउन सकेनन् ।

यलेक्सीस सान्चेस
यलेक्सीस सान्चेसले अघिल्लो विश्वकपमा चिलीको तर्फबाट देखाएको खेल प्रदर्शन अझै सम्म फुटबल प्रमीको मन मस्तिकमा बसिरहेको छ । म्यानचेस्टर युनाइटेडबाट व्यवसायीक फुटबल खेल्ने यी खेलाडीलाई विश्वकपमा देख्ने नपाइने भएको छ । चिली यो वर्ष हुने विश्वकपको फाइनल चरणबाट बाहिरिएको छ ।

लियोनार्दी बानुसी
इटलीका लियोनार्दी बोनुसी विश्वकै उत्कृष्ट डिफेन्डर मानिन्छन् । तर उनको देश इटली यसपाली रसियामा हुने विश्वकपमा पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्