गर्मीका कारण जनजीवन कष्टकर



२३ जेठ २०७५, लहान

पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन  कष्टकर  बनेको  छ ।

तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउदा सर्वसाधारणलाई घर बाहिर निस्किन समस्या भइरहेको छ ।

अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा मात्र पठनपाठन सञ्चालन गर्ने गरेका छन् ।

यद्यपि विद्यालयबाट फर्किने समय मध्यान्ह पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ । गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापारसमेत बढेको छ भने सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ ।

गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या समेत बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्