
२२ जेठ २०७५, भक्तपुर
श्री सैनिक आवासीय महाविद्यालयका पूर्व विद्यार्थीहरुको संगठन सल्लाघारी एल्मुनाई एशोसियशन नेपाल (सान) ले आफ्नो स्थापना तथा विश्व वातावरण दिवसको अवसरमा महाविद्यालय परिसरमा रक्तदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सानका अध्यक्ष मेजरजनरल ताराबहादुर कार्की, श्री सैनिक आवासीय महाविद्यालयका सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी, प्रिन्सिपल सुरेन्द्र पनेरु, शिक्षक, कर्मचारीलगायत सानका पदाधिकारी एवं सदस्यहरुको उल्लेख्य सहभागिता रहेको सानका सचिव डा. राजेन्द्र केसीले बताए ।
रेडक्रस सोसाइटी, डिक्यानको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेका थिए । २०६३ सालमा स्थापित सानले स्थापनादेखि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा कार्यक्रम गर्दै आएको सचिव केसीले बताए ।







