सडक बनाउने निहुमा ठेकेदारले गरे ठगी : टिकेन पिच एक दिनलाई



२२ जेठ २०७५, काठमाडौँ

झापाको धरमपुर–पाँचगाछी सडक खण्डमा गरेको कालोपत्रे एक दिनमै उप्कियो । स्थानीयवासीले महिनौ धुँवाधुलो खाएपछि जनप्रतिनिधिको दवावमा कान्छाराम कन्स्ट्रक्सनले सडक कालोपत्रे गरेको थियो । तर उनले गरेको कालोपत्रे देखाउनको लागि मात्र जस्तो भयो ।

कालोपत्र उक्किन थालेपछि स्थानीय बासिन्दाले जनप्रतिनिधि गुहारे । १३ चैत्रमा शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिले ठेकेदार प्रतिनिधि र सडकका इन्जिनियर लिएर अनुगमनमा निस्किएका थिए । जनप्रतिनिधिको अाँखा अगाडि स्थानीयले कालोपत्र उप्काएर देखाएपछि उनी समेत छक्क परे ।

शिवसताक्षीका मेयर चन्द्रकुमार शर्मा भन्छन्, ‘सम्बन्धित निकायले अनुगमन नगरी छुट दिँदा ठेकदारले कति लापरवाही गर्छन् भन्ने उदारण हो यो सडक । कान्छाराम कन्स्ट्रक्सनले काम गरेका अधिकांश सडकमा समस्या देखिएको छ । यो कम्पनी काँग्रेस नेता पूर्णबहादुर तामाङले संंचालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्