
२२ जेठ २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय सन्तुलनलाई कायम राख्दै विकासको गतिलाई तीब्र ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विश्व वातावरण दिवसको अवसर पारेर ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ को मंगलबार ललितपुरमा शुभारम्भ गर्दै उनले मानव जातिको सुरक्षाका लागि पनि वातावरणीय सन्तुलन कायम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले नेपाल वातावरणीय दृष्टिले अनुकूल मुलुक भएको उल्लेख गर्दै यसले धर्तीको संरक्षणमा उल्लेख्य योगदान दिँदै आएको दावी पनि गरे । प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन लागि परेको बताए ।






















