
२२ जेठ २०७५, सिन्धुली
राष्ट्रिय सहकारी महासंघ नेपालका उपाध्यक्ष तथा आईसिए ग्लोवल वोर्ड सदस्य ओमदेवी मल्लले आार्थिक सशक्तिकरण नै २१ औं शताव्दीको महिला सशक्तिकरण भएको कुरामा जोड दिएकि छिन् । सहकारी विभागको सहयोगमा राष्ट्रिय सहकारी महासंघको आयोजना, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सिन्धुलीको संयोजनमा सिन्धुलीमाडीमा आयोजित सहकारीे प्रवर्धनले महिला सशक्तिकरणमा पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य दिदै सो कुरा बताएकि हुन् ।
नेपालको संविधानले महिलाहरूलाई राम्रो अवसर दिएको वताउँदै सहकारीमार्फत महिलाहरूले शिक्षा, तालिम, प्रविधि, समय व्यवस्थापन लगायतका क्षेत्रमा ध्यान दिएर क्षमता अभिवृद्धि गर्नुपर्ने बताईन् ।
विशिष्ट अतिथिको आसनबाट कमलामाई नगरपालिका सिन्धुलीकी उपमेयर मञ्जु देवकोटाले सहकारीले महिलाहरूलाई घरवाहिर निस्कनका लागि सहजीकरण गरेको, संगठित हुन प्रेरित गरेको, क्षमता अभिवृद्धिमा योगदान दिई महिलाहरूको आत्मवल वढाएको, समयको वचत गर्न सिकाएको, नेतृत्व विकास गरेको, आम्दानी, खर्च तथा लेखाको हिसाव किताव गर्न सिकाएको बताईन् ।
राष्ट्रिय सहकारी महासंघका कामु महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाड सुव्वाले सहकारी प्रवर्धनले महिला सशक्तिकरणमा पारेको प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारी व्यवसायले महिलाहरूको आर्थिक सशक्तिकरणमा उल्लेख्य योगदान पुर्याएको भन्दै सन् २०३० सम्मको दिगो विकास लक्ष्य अन्तर्गत पांचौ लक्ष्य लैगिक समानता हासिल गर्नका लागि सहकारी संघ/संस्थाले रणनीतिक योजना वनाई लागु गर्नुपर्ने कुरामा जोड दिईन । उपभोक्ता सहकारी संघका अध्यक्ष नवराज कोइराला, जिल्ला सहकारी संघ लि. सिन्धुलीका अध्यक्ष कृष्ण वदादुर के.सी र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजमाया रायमाझीले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सिन्धुलीकी अध्यक्ष वालकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०७ जना सहकारी संघ/संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।








