
२२ जेठ २०७५, सुनसरी
पूर्वी तराईका सुनसरी, झापा, मोरङ, सिराहा, सप्तरी लगायतका जिल्लामा उत्दपादन हुने लिचीले पछील्लो समयमा राम्रो बजार पाउन थालेको छ । पूर्वी तराईमा उत्पादन हुने लिची हाल काठमाडौं सम्म निर्यात हुने गरेको कृषकले बताएका छन् । मौषमी रुपमा बैशाख र जेठमा उत्पादन हुने लिचीको बगान नै ठेक्का लिन काठमाडौंका ब्यापारी आउन थालेपछि सुनसरीका कृषक उत्साहित बनेका छन् ।
लिचीको बाहिर निर्यात हुन थालेपछी स्थानीय कृषकको आम्दानी त बढेको छ नै उत्पादन समयमा लिची लैजानेहरुले धेरैलाई रोजगारी समेत दिने गरेका छन् ।
पूर्वी तराईमा उत्पादित लिचीको राजधानी काठमाडौं र भारतीय शहरमा अत्याधीक माग रहेको लिची ब्यापारी बताउछन् । ‘यो क्षेत्रमा उत्पादन भएको लिचीको अत्याधीक माग छ ।’ सुनसरीको तरहरामा लिचीको बगान ठेक्का लिन पुगेका ब्यापारी कुमार राईले भने ‘यताको लिची स्वदीलो हुन्छ, त्यसैले भारतीय लिचीको भन्दा यसको माग धेरै छ ।’
व्यवसायीक रुपमा लिची खेती गर्ने कृषकले राम्रो आम्दनी लिएको बताउने राईले लिचीको सिजनभरका लागि ३ सय ५० जना कामदार राखेको बताउछन् । लिची टिप्ने र प्याकेजीङ्ग गर्ने कामका लागि आपूmले मात्र ३ सय ५० जनालाई रोजगारी दिएको वताउँदै राई पूर्व क्षेत्रमा लिचीको ठेक्का लिनेहरु धेरै भएको जानकारी दिए । पूर्वी तराईका मौषमी फलहरु लिची आपँको पूmल लाग्दा नै ठेक्का लिने क्रम बढ्न थालेको छ । मौषसी फलबाट समेत राम्रो आम्दानी हुने भएका कारण पूर्वी तराईमा लिची र आँपको बगान लगाउने किसानको संख्या पनि वर्षेनी बढी रहेको लिची ठेकदारहरु बताउँछन् ।





