
२२ जेठ २०७५, काठमाडौं
कुनैपनि कार्यक्रममा नेपाली नेताहरु घण्टौं भाषण गर्छन् । विषय वस्तु एकातिर थाती राखेर राष्ट्रिय अन्तरराष्ट्रिय राजनीतिको उदाहरण दिदै भाषण गर्छन । तर यसको ठिक विपरीत विश्व वातावरण दिवस २०१८ को अवसरमा डल्लु आवास सहयोग समितिद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष सांसद जीवनराम श्रेष्ठ, कामपा १५ का वडाध्यक्ष ईश्वरमान डंगोल, डल्लु आवास सहयोग समितिका अध्यक्ष राजा शाक्य र स्थानीयवासीको उपस्थितिमा भएको वृक्षारोपण कार्यक्रममा अतिथिहरु भाषण नगरी धमाधम वृक्षारोपण गर्न थाले ।
डल्लु आवास सहयोग समितिका कार्यसमिति सदस्य निरज श्रेष्ठका अनुसार पूर्व प्रधानमन्त्री लयायत अतिथिहरुलाई स्थानीयवासीले रोप्नुपर्ने रुखको विरुवा दिए । अतिथि लगायत स्थानीयले तोकिएको स्थानमा धमाधम वृक्षारोपण गरेका थिए । वृक्षारोपणपछि सामूहिक तस्वीर खिचाई कार्यक्रम समापन गरिएको थियो । छोटो र काममा केन्द्रित कार्यक्रमलाई स्थानीयले साह्रै मन पराएका थिए ।









