प्रधानमन्त्री ओलीद्वारा विप्लवलाई हिंसाका गतिविधि छाड्न आग्रह



२२ जेठ २०७५, हेटौंडा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ” विप्लव ” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लाई हिंसाका गतिविधि छाड्न आग्रह गरेका छन् ।

प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा जारी प्रदेश बैठकमा संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

विकास र समृद्धिको नयाँ बाटोमा देशलाई अघि बढाउने समयमा हिंसा जरुरी नभएको र यो कसैले नचाहेको पनि ओलीले जनाए ।

विप्लवजीहरुको आफैं बुद्धि बिग्रिएको हो भने सच्याउनु यदी अर्काको लहैलहैमा लागेको हो भने हिंसा छाडेर देश विकासमा लाग्न पनि अनुरोध गरे । अब देशलाई विकास र समृद्धितिर लैजान जुनसुकै अवस्थामा हिंसा, विखण्डनकारी र देशद्रोही तत्वलाई रोकेरै छाड्ने पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्