
२१ जेठ २०७५, काठमाडौं
रोटरी क्लब विभिन्न पेशा र व्यवसायमा आवद्ध सामाजिक रुपान्तरणको लागि क्रियाशिल नागरिकहरुको सदस्यतामा आधारित विश्वव्यापी संगठन हो । रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत नेपाल र भुटान गरी ११५ भन्दा बढी क्लबहरु छन् । ३२९२ अन्तर्गतका क्लबहरुले गरेको कामको आधारमा वितरण गरिने विशेष अवार्ड यसपटक हेरिटेज गार्डेन, सानेपामा शनिवार सम्पन्न भयो ।
नेपाल–भूटान भरीका ३५ क्लबले सहभागिता जनाएको कार्यक्रममा रोटरी क्लब अफ बुटवलले सर्वाधिक अवार्ड हासिल गर्न सफल भयो । रोटरी क्लब अफ पशुपति काठमाडौं लगायत देशभरीका विभिन्न क्लबहरुले विभिन्न विद्यामा अवार्ड प्राप्त गरेका थिए ।
रोटरी क्लबहरुले वार्षिक रुपमा गर्ने सामाजिक परियोजनाहरु, रोटरी क्लबको प्रचार र क्लबको आन्तरिक व्यवस्थामा केन्द्रित सम्मान कार्यक्रमले क्लबहरुबिचमा कामको प्रतिस्पर्धा बढ्ने अपेक्षा रहेको डिष्ट्रिक गर्भनर (सन् २०१७–१८) संजय गिरीले बताएका छन् ।















