प्रदेश ३ स्तरीय गाउँपालिका महासंघको कार्याशाला सम्पन्न



२१ जेठ २०७४, काठमाडौँ

गाउँपालिका महासंघ नेपाल, ग्रामिण प्रविधि उत्पादक संघ र नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको संयुक्त आयोजनामा गाउँपालिकाहरुलाई वैकल्पिक उर्जा र ग्रामिण प्रविधिमा सहयोग पुर्याउने उद्देश्यले प्रदेश ३ स्तरीय १ दिने कार्यशाला काठमाडौंमा सम्पन्न गरेको छ ।

कार्यशालामा प्रदेश ३ का सवै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सहभागी भएका थिए भने उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कंडेलको प्रमुख आतिथ्यता भएको थियो । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र ग्रामीण प्रविधि उत्पादक संघका प्रतिनिधिहरुले डिजिटलाईजसन तथा बैकल्पिक उर्जामा गर्न सकिने योजनाहरुका बारेमा बताएको गाउँपालिका महासंघ नेपालका कार्यकारी निर्देशक विमल पोखरेलले बताए ।

कार्यशाला समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले आगामी वर्षको गाउँपालिका बजेटले जनताको आवश्यकतालाई सम्बोधन गर्ने गरी योजना बनाउन सहभागीहरुलाई अनुरोध गरे । कार्यशालामा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई समेत सरकारले नगरपालिकामा झैं प्रमुख र उप–प्रमुखको पद दिई समानान्तर हैसियत बनाउनुपर्नेमा सहभागीहरुले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्