संविधान कार्यान्वयनका लागि ऐन कानून छिटो बन्छन्: अध्यक्ष तिमिल्सिना



२१ जेठ २०७५, बागलुङ

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधानको पूर्ण कार्यान्वयनका लागि ऐनकानून छिट्टै बन्ने बताएका छन् ।

अध्यक्ष तिमिल्सिनालाई बागलुङ नगरपालिकाले सम्मान गरेको थियो । नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा विधेयक र बजेटमाथिको छलफल एकसाथ चलिरहेकाले प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानून  छिट्टै निर्माण हुने उल्लेख गरेका थिए ।

उक्त अवसरमा उनले भगवत सर्वजीत विश्वकर्मा प्रतिष्ठान बागलुङले प्रकाशन गरेको स्मारिका ‘भगत सर्वजीत’ को विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्