
२१ जेठ २०७५, काठमाडौं
नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला शुरु भएको छ । नेपाली जुत्ताघरको आयोजनामा यस अघि ७ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न भएपश्चात वर्षा याममा पनी ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी बिगतका वर्षदेखि सुरु गरिएको नेपाली जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि सुरु भएको छ । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, अद्धवैतमाग बागबजार, बुद्ध मल बालाजु स्थित आफ्नै बिक्रि कक्षबाट मा आज देखि स्टक रहुन्जेल यो सेल सञ्चालन गरिएकोे छ ।
वृहद समरसेल २०७५ को प्रमुख उद्धेश्य भनेको नेपाली जुत्ता उद्योगहरुबाट उत्पादित गुणस्तरीय जुत्ता चप्पलहरु निश्चित समयको लागि ७० प्रतिशत सम्मको बिशेष छुट र रु.३०० देखि विशेष सहुलियत सहित विक्रि वितरण गरी नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बृद्धि गर्ने आयोजकले जनाएको छ ।
मेलालाई उपभोक्ताले सर्वसुलभ मूल्यमा नेपाली जुत्ताचप्पल प्रयोग गर्ने बानीको विकासको लागि महत्वपूर्ण हुने विश्वास कम्पनीले लिएको छ । अघिल्ला मेलामा आउने उपभोक्ताहरु नेपाली उत्पादनको गुणस्तर र विश्वसनीयताको कारण हरेक पछिल्ला मेलाहरुमा ग्राहकहरुको घुँइचो लाग्ने गरेको स्काई सुजका प्रवन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
मेलामा नेपालका चर्चित ब्राण्डहरु, शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर वि·स, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरी ११ वटा ब्राण्डका जुत्ताचप्पलहरु बिक्रि वितरण गरिने आयोजकले बताएका छन् ।





