ईलामको सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान



२१ जेठ २०७५, ईलाम

हवाई सम्पर्कसँग नजोडिएको ईलामका जनताले अब भने विमान चढ्न पाउने भएका छन् । सुकिलुम्वा विमानस्थलबाट सोमबार परीक्षण उडान गरेसँगै ईलाम हवाई सम्पर्कमा जोडिने भएको हो ।

सोमवार दिउँसो १२ बजे तारा एयरको विमानले परीक्षण उडान गरे सँगै ईलामका जनताले हवाईजहाजको यात्रा गर्ने भएका हुन् । पाइलट प्रभाकर घिमिरे र सञ्जीब मिश्रले सुकिलुम्वामा सफल परीक्षण उडान गरेका हुन् । परीक्षण उडान हेर्न आएका स्थानीयले चालकद्वयलाई फूललमाला लगाएर सम्मान गरेका थिए ।

सात सय मिटर लम्वाई र ६० मिटर चौडाई रहेको विमानस्थल करिब ६ वर्ष अगाडि निर्माण शुरु गरिएको थियो । तीन सय २५ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल निर्माण गर्न स्थानीय निकाय र समाजसेवीको पहलमा जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थल निर्माण भए पूर्वी पहाडी भेगका स्थानीयवासीलाई सहज हुनेछ ।

पर्यटकीय जिल्लाको रुपमा परिचित ईलाममा विमानस्थल सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्ने पर्यटन ब्यवसायीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्