बूनपा १० ले वातावरण र चराहरु सम्बन्धि कार्यक्रम गर्ने



२१ जेठ २०७५, काठमाडौँ

बूनपा १० ले ‘बूढानिलकण्ठ नगरपालिकाको समर्पण, समृद्धि र स्वच्छ वातावरण’ भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसको अवसर पारेर वातावरण र चराहरु नामक कार्यक्रम जेठ २२ गते मिलनचोक पार्टी भेन्यूमा आयोजना गर्न लागेको जानकारी वडाध्यक्ष नवराज भट्टराईले दिएका छन् ।

बरिष्ठ कलाकार तथा चराविद् हेम पौडेलको एकल चित्रकला समेत प्रदर्शनी हुने कार्यक्रममा चित्रकला र कविता प्रतियोगिता समेत आयोजना गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्