
२० जेठ २०७५, काठमाडौं
स्थानीय तथा संसदीय निर्वाचनमा पराजय भोगेको नेपाली काँगे्रेसले संगठन निर्माणलाई केन्द्रीत गर्दै विभिन्न कार्यक्रम मार्फत जनताबिच गईरहेको छ । यसै सन्दर्भमा नेपाली काँग्रेस दुधौली नगरपालिका वडा नं. ४ र ५ को संयुक्त भेला सम्पन्न गरेको छ ।
भेलामा केन्द्रीय सदस्य श्याम घिमिरे, जिल्ला सभापति उज्जवल बराल, नेताहरु विपिन कोइराला, प्रेमचन्द्र दाहाल, विनोद गुरुङ र महिला संघ सिन्धुलीकी सभापति गंगा दाहालले सम्बोधन गरेका थिए । भेलामा दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा नेपाली काँग्रेस सिन्धुलीका कोषाध्यक्ष गोविन्द पहाडीले दुधौली काँग्रेसको बस्तुस्थिति बताएको जानकारी नेविसंघका विद्यार्थी नेता गोपाल पहाडीले परिवर्तन खबरलाई बताए ।








