प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने



२० जेठ २०७५, हेटौँडा

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे प्रदेश नं ३ को प्रदेश सभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेश सभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार नै हेटौँडामा मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रीसँग भेटघाट गर्ने छन् ।

उनले जिल्ला समन्वय परिषद् मकवानपुर, हेटौँडा पमहानगरपालिकाका प्रमुख र उपप्रमुख, उद्योगपति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत भेटघाट गर्ने तालिका रहेको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुपप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्