
२० जेठ २०७५, सिन्धुली
अंग्रेजलाई हराउँदै ऐतिहासिक योगदा पुर्याएको सिन्धुली जिल्ला जुनारको लागि पनि नेपालभर प्रशिद्ध रहेको छ । जुनार खेतीको आधुनिकीकरण र व्यवस्थापन गर्नको लागि स्थापित जुनार विकास संघ सिन्धुलीको भर्खरै २५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन सदरमुकाम सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
अधिवेशनमा भर्खरै सिन्धुली उद्योग वाणिज्य संघमा निर्वाचित अम्रेश वैदारलाई सम्मान समेत गरिएको थियो ।
८ औं अधिवेशनले आगामी कार्यकालको लागि ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा :
अध्यक्ष : कर्णबहादुर आले
उपाध्यक्ष : योगिन्द्र थापा
सचिव : लालबहादुर थापा
कोषाध्यक्ष : अर्जुन कोइराला
सदस्य : लालबहादुर श्रेष्ठ
सदस्य : हस्तबहादुर मश्राङ्गी
सदस्य : गिरेन्द्र ठकुरी







