
२० जेठ २०७५, काठमाडौं
दिल्लीस्थित नेपाली राजदुतावासको सहयोगमा भारतका विभिन्न ठाउँबाट ८ जना नेपाली बालकको उद्धार गरिएको छ । सोको जानकारी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक कार्यक्रम गरी सार्वजनिक गरेको छ ।
उद्धार गरिएका बालकहरुमा जनकपुरका शिबकुमार र अयर्मन, बाजुराका शंकर बिश्वकर्मा, गुल्मीका राकेश, रौतहटका राजकिशोर, महोत्तरीका हसन र पहिचान साथै बिराटनगरका सन्तोष रहेका छन् ।
परिवारमा बालमैत्री वातावरण नभएको कारण आफ्नो घर छोडेर धेरै नेपाली बालबालिका भारत जाने गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मानव बेचविखन तथा शाखा प्रमुख रोशनीदेवी कार्कीले बताईन् ।
उद्धार गरिएका बालकहरुलाई मन्त्रालयको अनुरोधमा परिवारका सदस्य सम्पर्कमा नआउन्जेल राख्ने गरी सिविनले जिम्मा लिएको छ ।
भारतस्थित नेपाली राजदुतावास समेतको सहयोगमा करिब ३ हप्ताको प्रयासमा उद्धार गरिएको माईती ईण्डियाका संस्थापक अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।







