
२० जेठ २०७५, काठमाडौँ
नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य मध्यरातदेखि फेरि बढाएको छ ।
पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन/तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।
यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १.५९ तथा डिजेल र मट्टितेलमा रु ३.४९ घाटा रहेको जनाएको छ ।





