
१९ जेठ २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय अधिवेशन आज विहान नयाँ कार्यसमिति चयन गर्दै समापन भएको छ ।
७७ जिल्लाका ५०२ जना शिक्षकशिक्षिकाहरु महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी थिए । १६–१९ गतेसम्म चलेको अधिवेशनको बन्द सत्र अध्यक्ष मण्डलका अध्यक्ष डा. बाबुराम अधिकारीले अध्यक्षतामा संचालन गरेका थिए । १६ गते उद्घाटन भएको महाधिवेशनको बन्द सत्र १७–१८ गते भएको थियो । १८ गते राती ११:५५ देखि विहान ३:०० बजेसम्म भएको निर्वाचनमा निम्नानुसारका पदाधिकारीहरु निर्वाचित भएको जानकारी निर्वाचन समितिका संयोजक रवि नारायणले दिए ।
अध्यक्ष : लक्ष्मण शर्मा
बरिष्ठ उपाध्यक्ष : ज्ञाबन शेर राई
उपाध्यक्ष महिला : ईशा मल्ला शाही
समावेशी महिला उपाध्यक्ष : जमुना काफ्ले
उपाध्यक्ष प्रदेश १ : गोविन्दराज श्रेष्ठ
उपाध्यक्ष प्रदेश २ : भरत शाह
उपाध्यक्ष प्रदेश ३ : विष्णुप्रसाद पोखरेल
उपाध्यक्ष प्रदेश ४ : जङ्ग गर्बुजा
उपाध्यक्ष प्रदेश ५ : आलम खान
उपाध्यक्ष प्रदेश ६ : नन्दराम देवकोटा
उपाध्यक्ष प्रदेश ७ : तुलाबहादुर थापा
महासचिव : देशबहादुर शाही
सचिव : अम्बिका चापागाईं
कोषाध्यक्ष : विष्णुप्रसाद भण्डारी
सह–कोषाध्यक्ष : पार्वती प्याकुरेल
१ जना अध्यक्ष, प्रत्येक प्रदेशबाट १/१ र थप ३ गरी १० जना उपाध्यक्षहरु, महासचिव, सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष १/१ जना छानिएको अधिवेशनमा सातै प्रदेशबाट २ जनाका दरले १४ जना र थप ३ जना समावेशी महिला गरी १७ जना केन्द्रिय सदस्यहरु निर्वाचित भएका छन् ।
केन्द्रीय अध्यक्षमा धादिङका लक्ष्मण शर्माले मोरङका भिमबहादुर बस्नेतलाई २८ मतले पराजित गरी अध्यक्षमा बाजी मारे भने बरिष्ठ उपाध्यक्षमा ज्ञाबन शेर राईले १ मतको अन्तरले प्रतिस्पर्धी कृष्णप्रसाद घिमिरेलाई हराएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा पनि ईशा मल्ल शाहीले कमला थापालाई १ मतले नै पराजित गरी विजयी बन्न सफल भईन् ।









