विकासबाट वञ्चित मुढे शनिश्चरे बजार



१७ जेठ २०७५, तेह्रथुम

तेह्रथुम तथा धनकुटा हिले बजार जोड्ने मुढे शनिश्चरे बजार सुदुरपूर्वको पर्यटकीय स्थल हो । ढकमक्क पुलेका लालीगुरास, विभिन्न अमुल्य जडिबुटी पाइने यो बजार प्रकृतिको पर्याय भन्दा अत्युत्त नहोला ।

सुनिता पोखरेल

प्रकृतिको उल्लेख्य बरदान रहेको यो बजार विकास निर्माणबाट भने अपहेलीत भएको महशुश हुन्छ ।

पूर्वको सुन्दर नगरी धरानबाट करिव ५ घण्टाको बसयात्रामा मुढे शनिश्चरे बजार पुग्न सकिन्छ । तथापी कच्ची अनी साँघुरो बाटोको कारण यहाँसम्म पुग्न निकै जोखीम मोल्नुपर्ने बाध्यता रहेको छ । मुढे शनिश्चरे घर भई हाल राजधानीमा अध्ययनरत पुजा गुरुङ्ग बाटोकै कारण घर जान कष्टकर हुने बताउँछिन् । धरानदेखी  तेह्रथुमको बसन्तपुरसम्म बाटो ठिकै भएपनि त्यहाँदेखी मुढेबजारसम्म पुग्न ज्यानकै बाजी थाप्नुपर्ने उनको भनाई छ ।

यस्तै धरान घर भएकी कविता जीमी बेलाबखत आफ्नो माइतीलाई भेट्न मुढेबजार पुगीरहन्छिन् । तर बाटो साँघुरो अनी कच्ची भएका कारण यात्राका क्रममा निकै डरलाग्ने उनको अनुभव छ । अप्ठेरो बाटोका कारण यात्रा गर्न कठिन हुने उनको तर्क छ । हुन त केही वर्ष पहिले बाटो मर्मत सम्भारको काम नभएको होइन, तर कालोपत्रे गरेको सडक केही समयपछि नै बिग्रीन थालेपछि स्थानीय चिन्तित बनेका हुन् । त्यसपछि भने बाटो मर्मतसम्भारको काम खासै नभएको देखिन्छ ।

करिव ५ सय घरधुरी भएको मुढे शनिश्चरे बजार पर्यटकीय क्षेत्र हो । विशेष गरी तराइबाट गर्मी छल्नकै लागी भएपनि पर्यटकहरु यहाँ आउन रुचाउँछन्, तर बाटो अप्ठेरो भएकै कारण यहाँसम्म आइपुग्न उनीहरुलाई सास्ती हुने गर्दछ ।

यता सवारी चालकहरु समेत कठिन बाटोमा हिड्न सास्ती हुने बताउँछन् । प्रायजसो हिडिरहनुपर्ने बाटो हिलाम्मे अनी साँघुरो हुँदा सवारी चलाउन अप्ठेरो हुने गरेको उनीहरुको तर्क छ । बाटो राम्रो बने सवारी चलाउन सहज हुने उनीहरुको धारणा छ ।

सानो-सानो कामको लागी पनि अन्य ठाउँ धाइरनुपर्ने यहाँका बासिन्दा बाटो अप्ठेरो भएका कारण सास्ती हुने गरेको अनुभव साट्छन् । बाटो साँघुरो अनी कच्ची भएकै कारण यस भेगमा बेलाबखत दुर्घटना पनि हुने गर्दछ । तथापी सम्बन्धित पक्ष भने मौन नै देखिन्छ । पर्यटकीय क्षेत्र भइकन पनि अन्य विकासका पूर्वाधारहरुले समेत खासै पाइला राख्न नसकेको यो सुन्दर बजारमा सर्वप्रथम बाटो नै बन्नुपर्ने स्थानीय व्यापारी टेक बहादुर पौडेल बताउँछन् ।

यता बजारको बसस्टेशनमा हुने हिलोले बजारको सौन्दर्यलाई नै कुरुप बनाएको उनको भनाई छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित मुढे शनिश्चरे बजारमा बाटो अप्ठेरो हुँदा पर्यटन प्रवर्धनमा समेत बाधा पुगेको देखिन्छ ।

यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।आसा छ अब स्थानीय निकायका प्रमुखले पक्कै पनि यो कुराहरुलाई बुझेर बिकासको गति लिनु हुने छ । मुढे श निश्चारेले वि कासको मुहार देख्ने छ , विकासको गति बढाउने छ ।

प्रतिक्रिया दिनुहोस्