अर्थमन्त्री खतिवडाद्वारा बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै



१८ जेठ २०७५, काठमाडौँ

अर्थमन्त्री डा. युवराज खतिवडाले आज राष्ट्रियसभा बैठकमा आव २०७५/७६ को बजेट माथि सांसदहरुले उठाएका प्रश्नहरुको उत्तर दिने भएका छन् । राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिने कार्यसूची अनुरुप अर्थमन्त्री खतिवडाले जवाफ दिन लागेका हुन् ।

बिहीबारदेखि जारि संसदमा आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको र सकिएलगत्तै अर्थमन्त्रीद्वारा जवाफ दिने कार्यसूचिमा उल्लेख रहेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते बजेट प्रस्तुत गरेका थिए । बिहीबारको छलफलमा २२ जना सदस्यले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्