अमेरिकी राजदूत टेप्लिट्जद्वारा नुवाकोटमा भइरहेको भूकम्पपछिको पुनर्निर्माण परियोजनाको अवलोकन



१८ जेष्ठ २०७५, नुवाकोट

अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले आफ्नो नुवाकोट भ्रमणको क्रममा त्यहा भइरहेको भूकम्पपछिको पुनर्निर्माण परियोजना अवलोकन गरेकी छिन् ।

राजदूत टेप्लिट्जले भूकम्पपछिको पुनर्निर्माण परियोजनाको ठुलोगाउँमा भैरहेका कामहरुको अवलोकन गरेही हुन् । अमेरिकन रेडक्रसको आर्थिक र प्राविधिक सहयोगमा “उत्थान” नामक उक्त परियोजनाले घरहरु निर्माणका साथै आधारभूत स्वास्थ्य सेवा सुधार, खानेपानीमा पहुँच तथा संस्थागत विकासका कार्यहरु समेत गरीरहेको छ । जसमा स्पेन र क्यानडाका रेडक्रसहरुले पनि सघाइरहहेका छन् ।

 

सन् २०१५ को भूकम्पबाट क्षतिग्रस्त नुवाकोट, रसुवा र मकवानपुर जिल्लाका विभिन्न गाउँ र नगरपालिकाका १९ वटा क्षेत्रहरुमा अमेरिकाले पूनर्निर्माण कार्य गर्दै आइरहेको छ। अमेरिकी सहयोगमा विपद् प्रभावित नागरिकहरुको पुनर्स्थापनाका कामहरु भैरहेकोमा राजदुत टेप्लिट्ज एकदमै खुशी छिन् ।

जिल्लाकै पहिचानको रूपमा रहेको नुवाकोटको प्रसिद्ध सात तले दरवारको नामले परिचित नुवाकोट दरबारको पनि जदुत टेप्लिट्जले भ्रमण गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्