
१७ जेठ २०७५, काठमाडौँ
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदको चालु बैठकमा सुन तस्करी काण्डमा साना माछा मात्रै पक्राउ परेको भन्दै ठूलो माछा स्वयं प्रधानमन्त्री त हैनन् भनी आशंका व्यक्त गरेका छन् ।
३३ किलो सुन तस्करीबारे सांसद सुवाल भन्छन्, सभामुख महोदय कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा, ‘म त भुरा मात्र हुँ, धेरै ठूला माछा छन्, समय क्रममा बाहिर आउँछ’ – भनेका थिए ।
विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले भने, ‘सुन तस्करीको विषय अहिले सामाजिक सञ्जालमा पुनः छाएको छ । मन्त्रीको ठूलो माछा प्रधानमन्त्री नै त हैन भन्ने प्रश्न उठिरहेको छ ।’





