सीजीको ४६ औं शोरुम महाराजगंजमा



१७ जेठ २०७५, काठमाडौँ

सिजी इलेक्ट्रोनिक्सले काठमाडौँको महाराजगंजमा ४६ औं एक्सक्लूशिप शोरुम ‘इनोभा इलेक्ट्रोनिक्स’ आजबाट सञ्चालनमा ल्याई कारोबार शुरु गरेको छ । समाजसेवी मनिकलाल श्रेष्ठले रिवन काटेर शोरुमको उद्घाटन गरेका थिए ।

सिजीको ४६ औं एक्सक्लूशिप शोरुममा एलजिका घरायसी प्रयोजनमा आउने फ्रीज, टेलिभिजन, साउन्ड सिष्टम, वासिङमेसिन, एसि, भ्याकुम क्लिनर जस्ता सामग्रीको व्यापार विस्तार गर्ने उद्देश्यले नयाँ शोरुम खोलेको शाखा संचालक शाहवाज खानले बताएका छन् ।

संचालक खान भन्छन, ‘हाम्रो उद्देश्य धेरै सामान बेच्नुभन्दा धेरै ग्राहकलाई सेवा दिनु हो ।’

आजैबाट कारोबार शुरु भएको शोरुममा यहि जेठ १६ देखि २६ गतेसम्म एलइडि टिभीमा ३० प्रतिशत छुटका साथै अन्य समानहरुमा १७ प्रतिशत सम्म छुट पाइनेछ । एलजीको हरेक सामान खरिदमा १ थान निशुल्क दिइनुका साथै १० दिनसम्म किनिएका सामानको लक्की ड्र मार्फत एफ एच टु अडियो सिस्टम जित्न सकिने एलजि एक्सक्लूशिप ईन्चार्ज नमश ढुंगेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्