०७५/७६ को वार्षिक योजनाको लागि बुनपा ११ को सूचना



१६ जेठ २०७५, काठमाडौंँ

बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले आर्थिक वर्ष ०७५/७६ को लागि वडा भित्र संचालन हुनुपर्ने योजनाहरुको लिखित प्रस्ताव पेश गर्न सम्पूर्ण सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।

वडाभित्रका उपभोक्ता समिति, टोल सुधार समिति, सामाजिक संघसंस्था तथा नागरिकहरुले समेत वडाकार्यालयमा उपस्थित भई योजना पेश गर्ने सक्ने का.वा. वडाध्यक्ष विनोद कुमार तामाङ्गले विज्ञप्ती मार्फत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्