इटहरी उपमहानगरपालिकाको दोश्रो नगरसभा शुरु



१७ जेठ २०७५, इटहरी

प्रदेश १ को राजधानी दावी गरिरहेको इटहरी उपमहानगरपालिकाको दोश्रो नगर अधिवेशन बुधबारबाट शुरु भएको छ । इटहरी सरकार प्रमुख द्वारिकलाल चौधरीले वुधबार नगरसभा बैठक प्रारम्भ गरेका हुन् ।

उपप्रमुख गौतमले प्रशाकीय कार्यविधि बिधेयक २०७५, सहकारी विधेयक , शिक्षा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक , एफ एम रेडियो व्यवस्थापन तथा संलालन विधेयक र राजपत्र प्रकाशन विधेयकहरु नगरसभामा निणार्थ प्रस्तुत गरेकी हुन । नगर सरकार गठन भएको १ बर्ष पुग्न लाग्दामात्र इटहरी उपमहानगरपालिकाले राजपत्र प्रकाशनको तयारी थालेको छ ।

उपप्रमुख गौतमले प्रस्तुत गरेका विधेयकहरुका विषयमा छलफल र संशोधन सहित  पारित गरीने छ ।  नगरसभा वैठक विधेयकहरुका विषयमा छलफल र संशोधन दर्ताका साथै निणार्थ शनिवार पुनः वस्ने बस्ने भएको छ । गएको वर्ष सार्वजनिक गरिएका निती तथा कार्यक्रममा समिक्षा र बिधेयकमा संशोधन प्रस्ताव आउने सम्भावना भएकाले बैठक लम्बिन सक्ने नगर प्रमुख द्वारीकलाल चौधरीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्