
१६ जेठ २०७५, काठमाडौँ
संसद भवनमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण गरिरहेको समयमा नेपाली काँग्रेसका नेता विजय कुमार गच्छादार निदाएका छन् ।
नेपाली काँग्रेसका नेता शशांक कोइरालासँगै बसेका पुर्व उपप्रधानमन्त्री तथा प्रतिपक्ष दलका नेता गच्छादार प्रतिपक्ष दलको पहिलो रोमा बसेका थिए । उनी बजेट भाषण केन्द्रित हुनु भन्दापनि निदाउनमै व्यस्त थिए ।
सरकारले ल्याएको बजेटमाथि प्रश्न, आवश्यकता वा खण्डन गर्नका लागि बजेट भाषण पुर्ण पाठ सुन्नुपर्ने अवस्थामा काँग्रेस दोस्रो तहका नेता गच्छादार भने निदाईरहेका थिए । सरकारले ल्याएको बजेट कहाँ कसरी, कति प्रयोग गर्ने भन्ने चुनौति तथा कार्यान्वयनको लागि विपक्षी नेताको उपस्थिति सबैभन्दा महत्वपुर्ण रहेपनि उनी मस्त निदाएपछि प्रतिपक्ष कमजोर हुने खतरा उतिकै बढेको छ ।





