जापानमा रमिता प्रदर्शन हुने



१६ जेठ २०७५, कुमामोतो

नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझी र नायिका रजनी केसीको विशेष भूमिका रहेको चलचित्र रमिताको जापानमा विशेष प्रर्दशन हुने भएको छ ।

आगामी जुलाई १६ तारिख सोमबारका दिन टोकियो नाकानो जिरो हलमा नायक दिलिप रायमाझीसँगै नायिका रजनी समेतको सहभागितामा रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । जापानका युवा व्यवसायी ईश्वरीप्रसाद कँडेलको निमार्णमा तयार गरिएको चलचित्र रमिताले यथार्थ परक घटनामा आधारित नेपाली युवाहरुको कथालाई समेटेको छ ।

रेष्टुरेन्ट व्यवसायी तथा कलाकार कँडेलको पहिलो प्रस्तुती रहेको चलिचत्र रमितालाई जापानमा विशेष महत्वका साथ हेरिएको छ । नेपाली लोकगीतमा मोडलिङ तथा सर्ट मुभीहरुमा अभिनयमा गर्दै आएका कँडेल निर्देशक रंजितकुमार क्षेत्रीसँगको सहकार्यमा पहिलो पटक चलिचत्र क्षेत्रमा प्रवेश गरेका हुन् ।

आगामी अगष्टबाट नेपालमा प्रर्दशन हुने तयारीमा रहेको रमिता गाउँले परिवेशमा युवाहरुको वास्तविक कथालाई हास्यव्यङगको रुपमा उतारिएको चलचित्र रमिताको मिक्सिङग र सम्पादनको कार्य पुरा भईसकेको निमार्ता कँडेलले जानकारी दिए ।

रंजितकुमार क्षेत्रीको निर्देशनमा तयार गरिएको चलचित्रमा प्रल्हाद सुवेदीको कथामा नायक दिलिपलाई रजनी केसी, विपासा विसी, लोक दोहोरी क्षेत्रकी चर्चित मोडल रिना थापा मगरको साथ रहेको छ । संदिप कुर्लाकोटी, विनोद श्रेष्ठ र सुरवीर पंडितले समेत अभिनय गरेको चलचित्र पोखरा, मुस्ताङ, बाग्लुङग, पर्वत र काठमाण्डौ लगायतका रमणीय स्थानमा छायाङ्कन हो । चलचित्रले दिलिप रायमाझीको नायकीलाई फेरी एकपटक पुनरागमन गर्ने अपेक्षा गरिएको छ ।

लोक दोहोरी गीतमा चर्चा कमाएका गायक सूर्य खड्कको स्वरवद्ध गीतलाई प्रमुख आकर्षण मानिएको चलचित्रमा निर्माता कँडेल समेतको विशेष अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्