
१६ जेठ २०७५, काठमाडौँ
नमूनाबस्तीहरु निर्माण गरेर समाज सेवामा चर्चित धुर्मुस सुन्तली फाउण्डेशन अहिले नेपालकै जेठो वीर अस्पतालको सरसफाईमा जुटेका छन् । उनको अभियानमा ४२ जना पर्यटन व्यवसायीहरुको समूहले सामूहिक रुपमा संकलन गरेको ८ लाख १५ हजार भन्दा बढी नगद ११ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर फाउण्डेसनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गरेको जानकारी सफल पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले परिवर्तन खबरलाई गराए ।
वीर हस्पिटलमै पुगेर नेपाल पर्यटन वोर्डका निवर्तमान सदस्य राजेन्द्र प्रसाद सापकोटा, नेपाल योग एशोशियसनका महासचिव राजन सिम्खडा, टानका पूर्व कोषाध्यक्ष लिलावल्लभ दाहाल, ठमेल पर्यटन विकास परिषद्का महासचिव भव शर्मा, पर्यटन व्यवसायीहरु बुद्धि ईटानी, हरि धरेल लगायतले सहयोग हस्तान्तरण गरेका थिए ।







