फूलमाला सहित बालकृष्ण ढुंगेल रिहा



१५ जेष्ठ २०७५, काठमाडौँ

तत्कालीन माओवादी केन्द्रका नेता तथा नेकपाका केन्द्रीय सदस्य बालकृष्ण ढुङ्गेल रिहा भएका छन ।द्वन्द्वकालीन मुद्दा अन्तर्गत कर्तव्य ज्यान मुद्दामा डिल्लीबजारस्थित सदरखोरमा जेल परेका ढुङ्गेल अन्नतः अाज (मंगलबार) बिहान फूलमालासहित रिहा भएका हुन् ।

राष्ट्रपतिले ८१६ जनाकाे बाँकी कैद भुक्तान मिनाह गरी  एघाराैँ गणतन्त्र दिवसकाे अवसरमा ढुङ्गेल पनि छुटेका हुन् । ढुङ्गेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक फूलमाला सहित डिल्लीबजारस्थित कारागार पुगेका थिए ।

फूलमाला सहित कारागार पुगेका आफ्ना समर्थकहरुलार्इ ढुङ्गेलले खुशी हुँदै केहीबेर सम्बोधन पनि गरेका थिए । आफ्नो ज्यानको बाजी राखेर गणतन्त्र ल्याउन ठूलो याेगदान रहेको आफ्ना समर्थकहरुलाई बताए ।

पछिल्लाे समयमा ढुङ्गेलकाे आचरण ठीक भएको भन्दै डिल्लिबजार कारागार व्यवस्थापन विभागले कैद मिनाहाक‍ा लागि सिफारिस गरेको थियो । त्यसै सिफारिसको आधारमा अाइतबारकाे मन्त्रिपरिषद् बैठकले समेत पारित गरी राष्ट्रपतिकहाँ पठाएकाे थियाे । मन्त्रीपरिषदबाट पारित सो सिफारिसकै आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार ढुङ्गेलको कैद मिनाहा स्वीकृत गरेकी हुन् ।

०५५ सालमा अाेखलढुंगाका उज्जन श्रेष्ठकाे हत्या अभियाेगमा दोसि ठहर गर्दै ढुङ्गेललाई ०६६ मा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। उनलाई आममाफीका लागि यसअघि पनि तत्कालीन डा.बाबुराम भट्टराई सरकारले राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरेको थियो ।

तर त्यसबेला पनि ढुङ्गेलकाे आममाफीविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमा फैसला गर्दै माफी मिनाह नगर्न २०७२ पुस २३ गते अादेश दिएकाे थियाे । उनी द्वन्द्वकालीन समयमै साढे सात वर्ष जेल बसेका थिए।

ढुङ्गेललाई सरकारले माफी दिए पनि माफी नदिन माग गर्दै सर्बोच्चमा परेकाे रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ जारी छ । सोमबार मात्र ढुङ्गेललाई माफी दिने निर्णयको सक्कल प्रति अदालतले झिकाएकाे थियाे । ढुङ्गेलको थप सुनुवाइ अाज हुने पनि बताइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्